सुनको मूल्यमा नयाँ कीर्तिमान

बाँकेबाट चोरिएको मोटरसाइकल स्वयम्भूमा भेटियो

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्बरको कालो रङको २०० सी.सी.को पल्सर एन एस मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । निज सिंहले मिति २०७८।१२।०२ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र A वर्गको परीक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कवीन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परीक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङ्गको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाइकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : ५२ बजे