खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? : बिष्णु रिमाल

​​​​​​​काठमाडौँ — नेकपा एमालेका महासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? भन्दै प्रश्न गर्नुभएको छ ।

महासचिव रिमालले सामाजिक संजाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ल्याएको आचारसंहितालाई लिएर प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? भन्दै प्रश्न गर्नुभएको हो  उहाँले निश्चित राजनीतिक दललाई लक्षित गरेर आचारसंहिता तयार पारिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले स्थानीय तहका "प्रधानमन्त्री" पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ ?' भन्दै प्रश्न सोध्नुभएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार हुनु पहिल्यै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था ल्याएपछि एमालेले असन्तुष्टि जनाएको हो । सर्वदलीय बैठकमा पनि जनप्रतिनिधिले राजीनामा गर्ने र गराउने भन्ने विषय नउठेको कुरा महासचिव रिमालले बताउनुभएको छ । जनप्रतिनिधिले निर्वाचनमा प्रभाव पारे निलम्बन गर्ने हो तर पहिल्यै राजीनामा गर्न लगाउनु गलत भएको उहाँको भनाइ छ  स्थानीय तह जनप्रतिधिधिविहीन बनाउन हुन्न भन्ने आयोगले दुई महिनाअगावै राजीनामा गराएर मेयरले गर्ने काम कर्मचारीलाई गराउन लागेको हो ? भन्दै प्रश्न गर्नु भएको छ ।

रिमालले एकातिर जनप्रतिनिधिविहीन स्थानीय तह हुँदैन भन्ने निर्वाचन आयोगले अर्कोतिर २ महिना पहिल्यै राजीनामा गर्नुपर्ने कुरा विरोधाभाष रहेको बताउनुभएको छ ।

एकातिर जनप्रतिनिधिविहीन स्थानीय तह हुँदैन भन्ने निर्वाचन आयोगले अर्कोतिर २ महिना पहिल्यै राजीनामा गर्नुपर्ने कुरामा विरोधाभाष रहेको रिमालको भनाइ थियो । उनले एमालेले धेरै स्थानीय तह जितेकाले आचारसंहितामा त्यस्तो कुरा उल्लेख गरिएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : १८ बजे