खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

काग्रेंससँग माओवादीको बार्गेनिङ : ‘चुनावी तालमेल नगरे सरकार ढाल्छौ’ 

काठमाडौं ।  सत्ता गठबन्धनमा आवद्ध माओवादी नेताहरूले चुनावी तालमेललाई लिएर धम्क्याउने,घुर्क्याउने खेल सुरु  गरेका छन् ।
नेपाली कांग्रेस भित्र माओवादीलाई साथ लिएर चुनावमा जान सकिन्न भन्ने मत बढ्दै भएपछि  माओवादीले भने सरकार नै ढालिदिने चेतावनी दिन थालेको हो ।  

 जसरी पनि माओवादीसँग चुनावी तालमेल गरेर जानु पर्ने नत्र सरकार ढाल्छौ भन्दै  माओवादी नेताहरूले दबाब र धम्की  दिन थालेका हुन् ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेता बर्षमान पुनले तालमेल नभए सरकार ढल्ने चेतावनी दिएर यस्तो सङ्केत गरेका हुन ।

अझ अध्यक्ष दाहालले त एमालेसँग सहकार्य गर्ने धम्की समेत दिएका छन् ।  एमाले नेताहरू भने कुनै पनि हालतमा माओवादीसँग मिल्ने कुरामा सहमत देखिदैनन ।  एमाले अध्यक्ष केपी ओलीले नाम मात्रका कम्युनिष्टहरु सँग अहिले एकताको कुनै आवश्यकता नभएको बताइसक्नुभएको छ । माओवादी नेताहरू अहिले पनि एमालेसँग मिल्ने घुर्की देखाएर  कांग्रेसलाई साइजमा ल्याउन न्वारनदेखिको बल लगाइरहेको देखिन्छ । काग्रेंस नेताहरू भने कम्युनिष्ट विभाजनको एकमुष्ट नाफा तालमेल बाहिर नगरे मात्र लिन सकिनेमा विश्वस्त हुँदै गइरहेका छन् । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ५४ बजे