विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आइसिसी क्रिकेट विश्वकप लिग–२ : लगातार दोस्रो जितको दाउमा नेपाल

काठमाडौँ । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा आज संयुक्त अरब इमिरेट्स (युएई) सँग सामना गर्दैछ ।

सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

युएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।

हालसम्म नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने(सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा युएई १५ खेलमा ८ जित निकाल्दै १८ अङ्कका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अङ्क जोडेर  छैटौँ स्थानमा  छ ।  

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : १८ बजे