रसुवा । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ ।
जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।
उक्त मूर्तिको बिहीबार उद्घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो ।
उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनाशकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।
प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ९ : १३ बजे
प्रतिक्रिया