सुनको मूल्यमा नयाँ कीर्तिमान

पर्सामा ६५ किलो गाँजा बरामद

पर्सा – पर्साको ठोरीस्थित ओरियाखोला नजिकबाट सशस्त्र प्रहरीले ६५ किलो गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

राष्ट्रिय निकुञ्जको गोरेटो बाटो हुँदै ओरियाखोलातर्फ आउँदै गरेको पाँच-६ जनाको समूहले ल्याउँदै गरेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले जनाएको छ । तस्करीमा संलग्न समूहका सबै जना गाँजा छाडेर भागेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : २० बजे