विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भक्तपुरमा होलीसँगै बाइक स्टन्ट

भक्तपुर – मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेवासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निःशुल्क रुपमा मनोरन्जन लिएका छन् । 

हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम भएको हो । दर्शहरुले प्रोफेसनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतको भरपुर मनोरन्जन लिएका थिए । 

नेपाल इको प्यानललगायतको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी नेपाल इको प्यानका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले कार्यक्रम निकै सफल भएको बताए । ‘होलीसंँगै प्रोफेसनल स्टन्ट शो हेर्न पाउँंदा दर्शकहरू अत्यन्त रमाए,’ इन्जिनियर दुवालले भने ।

​​​​​​​

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ४ : २० बजे