एमाले दैलेख अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

दैलेख । नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित हुनुभएको छ । 

एमालेको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित हुनुभएको हो ।

शर्मा जम्मा खसेको ६ सय८४ मत मध्ये ४ सय १४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रत्याशी सूर्यबहादुर शाहीले मत २ सय ६३ प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा तिलकप्रसाद रिजाल, उपसचिवमा कलावती न्यौपाने र गङ्गाराम दाहाल निर्वाचित हुनुभएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : १३ बजे