आज मौसमको पूर्वानुमान कस्तो छ ?

काठमाडौँ । आजदेखि फागु पूर्णिमा अर्थात् होली पर्व सुरु भएको छ । आज काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्र र शुक्रवार तराईमा होली पर्व मनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष होलीमा मौसम सामान्य रहेको छ । बुधवार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने मौसम सफा नै रहने आङ्कलन गरिएको छ ।

हाल विहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रवार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने आङ्कलन गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ चैत्र ३ गते (बिहीबार) 
दिउँसो:
देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
​​​​​​​राती: देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र ४ गते (शुक्रवार) 
दिउँसो:
देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र ५ गते (शनिवार)
​​​​​​​दिउँसो:
देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र  चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राती: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। छ।गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

 

 

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : ०२ बजे