खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्नेगरी एमाले चुनावमा होमिने 

काठमाडौं । एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ । 

संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । 

‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयो । , ‘तपाइँहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’ 
३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिनुभएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिनुभयो । 

सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गर्नुभएका उहाँले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताउनुभयो । 

संसदको दशौं अधिवेशनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको पक्षमा काम नगरेर आफ्नो मक्सद पूरा गर्ने कार्यमात्र गरेको एमालेले निष्कर्ष निकालेको भट्टराईले जानकारी दिनुभयो। 

देशको अर्थतन्त्र रसातलमा पुगेको भन्दै यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ । 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३८ बजे