भारतमा कोरोनाभाइरसबाट थप २८ सय सङ्क्रमित

नयाँ दिल्ली।  भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८७६ जना सङ्क्रमित भएका छन् ।

 सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९३८ पुगेको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८११ मात्रै रहेको जनाएको छ । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ । ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

सोही अवधिमा तीन हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ । रासस

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : १४ बजे