खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । 

नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् । 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ०२ बजे