खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमसीसी प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो माओवादी, कांग्रेसले खोलिदियो सबै पोल 

​​​​​​​काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरुले नै अग्रसरता जनाएको तथ्य खुलासा भएको छ ।  नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा होमिने बनाएको एमसीसीबारे भ्रम र यर्थाथ सम्बन्धी पुस्तकका त्यसका सबै तथ्यहरु उजागरु छन् । 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रतिनिधिसभाबाट ‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने बखत ‘बैठक बहिस्कार’ गर्ने कृष्णबहादुर महरासहितको योगदानका कारण नै नेपालमा एमसीसी परियोजना आएको तथ्य उल्लेख गर्दै कांग्रेस स्थानीय तहको निर्वाचनमा जान लागेको हो ।

गत आइतबार देखि काग्रेंसले  स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम गरिरहेको छ । काग्रेंसले  ‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ नामक पुस्तकसहित प्रचण्ड, महरादेखि बाबुराम भट्टराईले एमसीसी ल्याउन गरेको पहलका विषयमा देखिएको भ्रम र त्यसलाई चिर्ने प्रयास गरिएको छ ।

‘माओवादी एमसीसी प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो, माओवादी नेतृत्वको पुष्पकलम दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो, त्यतिबेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो’, कांग्रेसको पुस्तकमा उल्लेख छ ।

एमसीसी सम्झौतामा अमेरिकाले नेपाललाई छनौट गरेको खबर तत्कालिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै सो अनुदान सहयाता लिन माओवादी अध्यक्ष प्रचण्डले विज्ञ टोली गठन गरेको कांग्रेसले पुस्तकमार्फत देखाएको छ ।

‘२०७३ सालमा दाहालनेतृत्वको तत्कालिन गठबन्धन सरकारको २०७३ असोज ६ को मन्त्रिपरिषदको निर्णय बाट एमसीसीको सहयोगमा संचालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि विज्ञ समुहको राष्ट्रिय संयोजक नियुक्त गरेको थियो,’ पुस्तकमा कांग्रेसले उल्लेख गरेको छ ।

तत्कालिन उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले २०७४ जेठ १८ मा मन्त्रालयबाट स्वीकृत गरी मन्त्रिपरिषदमा सहयोग प्राप्तिका लागि आग्रह गर्ने निर्णय लिएर उपस्थित भएको पनि पुस्तकमा उल्लेख छ ।

‘अनुदान सहायताको सम्बन्धमा सम्बन्धित निकायहरूसँग समेत छलफल तथा परामर्श गरी आयोजना प्रस्ताव तयार गरिएको छ, यो सहयोग प्राप्तिका लागि अमेरिकी सरकारी निकायसंग शीघ्र वार्ता गर्न आवश्यक भएकोले अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक योजना तथा मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय अफिस अफ दि मिलिनियम च्यालेन्ज नेपाल र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित एक वार्ता टोली गठन गर्नुपर्ने भएको छ ।’

भ्रम : एमसीसी अनुदान सहायताका सन्दर्भमा नेकपा माओवादी सधै विपक्षमा थियो ? माओवादी नेतृत्वको सरकारले एमसिसी अनुदान सहायताको पक्षमा कुनै निर्णय गरेको थिएन ?

यथार्थ : माथि उल्लेखित तथ्य र विवरणले नै प्रष्ट गरिसकेको छ । यो प्रक्रियामा सबैभन्दा बढी नेपालका कम्युनिष्ट पार्टीका सरकारहरू संलग्न छन । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा नेकपा माओवादी संलग्न थियो जुनबेला एमसिसी सहायताका लागि सरकारले औपचारिक रुपमा पहल गरेको थियो । २०६८ सालमा तत्कालिन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा नेपाल एमसिसी थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी प्राप्त भएको थियो।

सोही सरकारले पहिलोपटक एमसिसीसंग समन्वय गर्नका लागि अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त गरेको थियो । २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन गठबन्धन सरकारको २०७३ असोज ६ को मन्त्रिपरिषदको निर्णय बाट एमसिसीको सहयोगमा संचालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि विज्ञ समुहको राष्ट्रिय संयोजक नियुक्त गरेको थियो ।

स्मरण रहोस्, तत्कालिन नेकपा माओवादी नेतृत्वको सरकार भएको वेला २०७३ चैत्र २३ गते नेपाल र अमेरिकाबीच भएको एडमेमोरियरमा कम्प्याक्ट अन्तर्राष्ट्रिय सम्झौता सरह हुने र नेपालको अन्य कानूनसँग बाझिएमा कम्याक्ट लागु हुने भन्ने कुरा स्पष्ट भएको थियो ।

नेकपा माओवादी नेतृत्वको सोही सरकारले २०७४ जेठ १९ को मन्त्रिपरिषदको निर्णयबाट एमसिसीबाट अनुदान सहायत प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो । तत्कालिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मिति २०७४ जेठ १८ मा मन्त्रालयबाट स्वीकृत गरी मन्त्रिपरिषदमा पेश प्रस्तावमा भनिएको छ९ ‘अनुदान सहायताको सम्बन्धमा सम्बन्धित निकायहरूसंग समेत छलफल तथा परामर्श गरी आयोजना प्रस्ताव तयार गरिएको छ। यो सहयोग प्राप्तिका लागि अमेरिकी सरकारी निकायसंग शीघ्र वार्ता गर्न आवश्यक भएकोले अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक योजना तथा मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय, अफिस अफ दि मिलिनियम च्यालेन्ज नेपाल र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित एक वार्ता टोली गठन गर्नुपर्ने भएको छ ।’

यसले प्रष्ट हुन्छ, माओवादी यो प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो । माओवादी नेतृत्वको पुष्पकलम दाहाल प्रधानमन्त्री र कृष्ण बहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो। त्यतिबेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो ।​​​​​​​

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ०४ बजे