खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

घोषणा पत्र लेख्दै एमाले : ९ गते सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गिरने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणा पत्रको तयारीको काम सुरु गरेको छ । पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै एमालेले निर्वाचनको लागि घोषणा पत्र लेखन सुरु गरेको  हो ।  

घोषणा पत्र लेखनका लागि महारजगञ्ज स्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भैइरहेको छ । बैठकमा पार्टीका उपाध्यक्षहरु,महासचिव शंकर पोखरेल,उपमहासचिवहरु,सचिवहरु,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेल,पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायत सहभागी हुनुहुन्छ । 

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आजका सहभागीहरुले विगतको निर्वाचनको घोषणा पत्रको समिक्षा र नयाँ समेट्नु पर्ने विषयमा केही प्रस्तावहरु तयार गर्नेछ । पाँचवर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरुलाई समेत समेट्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरुलाई पनि बैठकमा डाकिएको छ । 

एक हप्ता भित्र घोषणा पत्र तयार गरेर आगामी ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने एमालेको तयारी छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : २५ बजे