साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मौलिक लोकबाजा साकेला ढोल र मादल सम्बन्धि प्रशिक्षण सम्पन्न

​​​​​​​काठमाडौँ । प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादल सम्बन्धि  १० दिने प्रशिक्षण सम्पन्न भएको छ । 

सुनसरीको धरानस्थित मुनाल सांस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको १० दिने प्रशिक्षण कार्यक्रमको  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत संयोजक प्राज्ञ अशोककुमार राईको संयोजनमा भएको हो । 

प्रदेशका विभिन्न १० जिल्लाका ३० जना सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षक भरत बुढाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिनुभएको थियो । 

प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख आथित्यतामा भएको प्रशिक्षणको समापन समारोहमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीहरूको उपस्थितिमा रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्राज्ञ तमोटले शिक्षा मन्त्रालयसँग समन्वय गरी प्रतिष्ठानले तयार पारेको मौलिक लोकबाजा पाठ्य पुस्तक अनुसार स्कुल स्तरमा प्रशिक्षण गराउन पहल गर्ने बताउनुभयो । 

संयोजक प्राज्ञ राईले धेरै जना व्यावसायिक मौलिक लोकबाजा वाद्यवादक उत्पादन गर्ने उद्देश्यका साथ यो प्रशिक्षण अभियान थालिएको बताउनुभयो ।

त्यस्तै थारु समुदायलाई लक्षित गरी चैत २२ गतेदेखि दाङमा लुम्बिनी प्रदेश स्तरीय थारु मादल प्रशिक्षण गराइने समेत उहाँले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ४३ बजे