खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : अध्यक्ष विजक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाउनुभएको छ । उहाँ यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका–१० स्थित लान्चा फल्चाको मङ्गलवार उद्घाटन गर्नुहुँदै उहाँले शासक दलका नेतामा काठमाडौँ उपत्यकाको कुनै विकास योजना नभएको दाबी गर्नुभयो । अध्यक्ष बिजुक्छेले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले रुस र युक्रेनबीचको लडाइँको प्रसङ्ग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र सङ्घमा रुसले युक्रेनमा आक्रमण गर्‍यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीति विपरीत भएको बताउनुभयो। 

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनः निर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो । 

पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताउनुभयो । 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ५२ बजे