विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र पीएनजी भिड्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  

संयुक्त अरब इमिरेट्स (युएई) को सारजाहमा खेल सवा १ः०० बजे सुरु हुनेछ ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय खेल खेल्दै छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एक दिवसीय आफ्नो पक्षमा पारेको छ । 

शृङ्खला अघि नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ८ खेलमा ८ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

अङ्कविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ०१ बजे