आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । नेपालमा पहाडी भू–भागमा आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ११ बजे