मनसुन क्रमशः क्षीण हुँदै

महिला हिंसा अन्त्यका लागि राष्ट्रपतिद्वारा सरकार र नागरिक समाजको सहकार्यमा जोड

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंंसा संसारकै एक सामाजिक समस्या भएकाले यसको समाधानका लागि सबै मुलुकका सरकार तथा नागरिक अधिकारकर्मीले सहकार्य र सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँमा जारी दुईदिने ‘दक्षिण एसियाली महिला सम्मेलन’ मा सहभागी स्वदेशी तथा विदेशी प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को सङ्क्रमणपछि यस प्रकारका क्षेत्रीयस्तरका कार्यक्रम पहिलोपटक भएको र यसले उक्त समस्या बारेमा आदानप्रदान हुन सकेकामा प्रशंसा गर्नुभयो । सञ्चार विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले सो अवसरमा सम्मेलनको लक्ष्य र उद्देश्य पूरा हुन सकोस् भन्न्ने कामनासमेत गर्नुभएको थियो ।

भारतको महिलावादी आन्दोलनकी अगुवा बन्दना शिवाले अभियानको कार्यक्रम र गतिविधिबारे जानकारी दिँदै सम्मेलनको उद्देश्य र दक्षिण एसियाको साझा आवाज बनाएर महिला हिंसाको अन्त्य गर्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री वुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ०५ बजे