खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमालेमा पार्टी प्रवेश गर्नेकाे लहर कायमै

 काठमाडौँ –  ढाे न पा १ बुर्तिबाङमा आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा पार्टी प्रवेश गर्नेकाे लहर कायमै छ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसबाट ढाे न पा ६ मा निर्वाचित अध्यक्ष जीवन कुमार पुन र कृयासिल सदस्यहरु शिखर पुन ,समब अदै, मिलन अदै ,मदन घर्ती लगायत नेकपा माओबादी केन्द्रबाट ढाे न पा ४ मा गत स्थानिय निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवारी दिईएकी निरुता घर्ती मगर सहित नेपाली काङ्ग्रेस र माओबादी केन्द्र परित्याग गरि वडा न ६,७ बाट १८ जना नेकपा एमालेमा प्रवेश गर्नुभयाे उहाँहरुलाई प्रमुख अथिति नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा ढाे न पा नगर प्रमुख देब कुमार नेपालीले टीका र खादा ओढाएर स्वागत गर्नुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल ढाे न पा ईन्चार्जले गर्नुभयो र स्वागत मन्तव्य नगर कमिटी अध्यक्ष ऋतुवर्ण पाैडेलले र संचालन शिबराज कडेलले गर्नुभएकाे थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ३३ बजे