खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमसीसी अनुमोदन पछि संसद्को अधिवेशन अन्त्य गर्दै देउवा सरकार

काठमाडौं – सरकारले सङ्घीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको बैठकले मङ्गलवार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।  

संसदकाे अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री देउवा फेरी अध्यादेशको बाटोमा देशलाई हिँडाउन उद्धत छन्  ।  

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे