खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आज नेकपा एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं –  स्थानीय तह निर्वाचनको तयारीको रणनीति बनाउन नेकपा एमालेको सचिवालयको बैठक आज बस्ने भएको छ ।

केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार मंगलबार दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठकको आयोजना गरिएको छ । बैठकले केन्द्रीय कमिटी बैठकको मिती तय गर्नेछ ।

केन्द्रीय कार्यलयले चैत ९ र १० लाई केन्द्रीय कमिटी बैठकको प्रस्ताव गरेको छ । आज हुने केन्द्रीय कमिटीको बैठकमा एजेण्डा,स्थानीय तह निर्वाचनको तयारी,देशैभरी आयोजना गरिने प्रशिक्षणको कार्यतालिका र स्थानीय तहको पाँच वर्षे कार्यकालको समिक्षा आदि विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ३० बजे