मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

निजामती कर्मचारी सङ्गठनमा कोइराला

काठमाडौँ – नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।
    
मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको  गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गर्नुभएको थियो । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो । 

रासस 
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ३८ बजे