खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रदेशसभा सदस्य प्रल्हाद गिरी एमाले प्रवेश गर्दै

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं मधेस प्रदेश सभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गर्न लाग्नुभएको छ  ।

अहिले देशभर नेकपा एमालेमा प्रवेश गर्ने लहर चलिरहेको बेला मधेस प्रदेशका जसपा र लोसपा पार्टीका नेताहरू पनि एमालेमा प्रवेश गर्दै आएका छन् । यसै बीच लोसपाका नेता एवं मधेस प्रदेशसभा सदस्य प्रल्हाद गिरीले एमालेमा प्रवेश गर्न लाग्नुभएको हो ।

गिरीले अन्य पाँच सय बढी नेता कार्यकर्ता लिएर एमाले पार्टी प्रवेश गराउने भएपछि कार्यक्रमको समय मिलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेता गिरी  मधेस प्रदेशका प्रभावशाली नेता मानिन्छन् ।

अध्यक्ष ओली र नेता गिरी बीच अर्थपूर्ण कुराकानी भएको र त्यसको बारेमा सबैले चाँडै थाहा पाउने नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिनुभएको छ । उहाँले नेता गिरी एमालेकै पूर्व नेता भएको भन्दै एमाले प्रवेशको तयारी चलिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ३० बजे