मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१८ नमुना परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप १४८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५० पुगेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : ४० बजे