‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला रु एक लाख दुई हजार ३०० थियो । 

त्यस्तै,आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ४५ बजे