मन्थली विमानस्थलमा पानी पस्यो

जन्ती बोकेको टिपर दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु, २४ जना घाइते 

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुर खोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । 

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । 

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेहरूको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ३७ बजे