सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिमा जङ्गबहादुर तामाङ विजयी हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जङबहादुरले जित हासिल गर्नुभएको हो ।
कुल १७ सय ८७ मतमा जङबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिनुभयो ।
यसअघि शनिवार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहनुभएको थियो । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।
प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिनुभएको थियो । पहिलो चरणमामा दोस्रो हुनुभएका वंशलाललाई प्रेमध्वजले समर्थन गर्नुभएको थियो। तर पनि उहाँले जित हात पार्न सक्नुभएन ।
प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ७ : ५८ बजे
प्रतिक्रिया