इन्डोनेसियामा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ । 

तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ । 

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प १ मिनेटसम्म महसुस गरिएको थियो । मानिसहरू त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपद् न्यूनीकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । भूकम्पपछि निरन्तर परकम्पहरू गइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ  । 

भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठुलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ४३ बजे