काठमाडौँ । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।
दिउँसो नेपालका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मङ्गलवार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
बुधवार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ फागुन ३० गते (सोमबार)
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर मौसम सामान्यतया सफा रहने छ।
२०७८ चैत्र १ गते (मङ्गलवार)
दिउँसो: देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ चैत्र २ गते (बुधवार)
दिउँसो: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ७ : १४ बजे
प्रतिक्रिया