‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ

काठमाडौँ ।  साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रवार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।  

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रवार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ०३ बजे