उत्तर, पश्चिम र उत्तर पूर्वबाट घेरा हाल्दै किभ नजिकै पुग्यो रुसी फौज 

किभ । रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तर पूर्वबाट घेरा हाल्दै रुसी फौज किभ नजिकै पुगेको  हो । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनासँग दशकौँपछि ठुलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरू युक्रेन परिचालन गरेको बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।

रुसी फौजले किभ नजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । 

शनिवार युक्रेनका विभिन्न सहरहरूबाट करिब १३ हजार सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उप प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । यो सङ्ख्या शुक्रवारको तुलनामा दोब्बर भएको बताइएको छ ।

सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताउनुभएको छ  । 

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रूपमा भिन्न दृष्टिकोण’ अपनाएको बताउनुभएको छ  । यो दृष्टिकोण पहिलेको वार्ता विपरीत भएको उहाँको भनाई छ ।एजेन्सी

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ०८ बजे