मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

फुङ्लिङमा आगलागीबाट रु ६९ लाखभन्दा बढी क्षति

फुङ्लिङ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी  रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । 

ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार  आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु  भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताउनुभयो । 

शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल  प्रयोग गर्नाका साथै  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : ५६ बजे