मनसुन क्रमशः क्षीण हुँदै

 परमादेशी सरकारले जनताको काम गर्न सकेन :  अध्यक्ष ओली

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले   परमादेशी सरकारले जनताको काम गर्न नसकेको बताउनुभएको छ । 

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले  भन्नुभयो,‘मुद्दा लडेर र सर्वोच्च अदालतले टिको लगाइदिएर सरकार बनेको छ । अनि के काम गरुन् । 

ओलीले अब नयाँ निर्वाचनको विकल्प नरहेको बताउनुभयो । ‘त्यसैकारण हामी भन्छौँ जनतामा जानुपर्छ।’ उहाँले संसद् विघटनको औचित्य पुष्टि हुँदै गएको बताउनुभयो ।   

उहाँले भन्नुभयो, ‘संघीय संसद्‌ले कामै गर्न सकेन। सांसदहरूले भत्ता खानेबाहेक केही काम गरेनन्। मुद्दा लडेर फिर्ता ल्याएको संसद्‌ले के के काम गर्थ्यो बिचरा !’ ओलीको प्रश्न थियो । 

उहाँले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जान अनिवार्य भएको बताउनुभयो । 

ओलीले भन्नुभयो, ‘ कोही कोही मानिसहरू चुनावदेखि डराएका छन्,तर यो सरकार परमादेशबाट बनेको हो। त्यसैले जनप्रतिनिधि ल्याउनैपर्छ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : ५३ बजे