फर्याब प्रान्तमा विस्फोट दुई बालबालिकाल घाइते

मैमाना, अफगानिस्तान । उत्तरी फर्याब प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिका घाइते भएका सरकारी समाचार समिति बख्तरले शनिबार जानकारी दिएको छ । 

दुर्घटनामा परेका बालबालिकाका आफन्त फैजुल्लाहलाई उद्धृत गर्दै समाचार समितिले जिल्ला प्रहरी कार्यालय मैमाना नगरपालिका ९ को मैदानमा बालबालिका खेलिरहेका बेला विगतका वर्षदेखिको द्वन्द्वकालबाट बाँकी रहेको यन्त्र अचानक विस्फोट भएको बताएको छ ।

एक बालक गम्भीर घाइते भएका छन् र अहिले उनको अवस्था गम्भीर छ ।   घटनाबारे प्रहरीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : ३५ बजे