माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टी परित्यागको घोषणा

 

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । काठमाडौँमा रहनुभएका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गर्नुभएको हो। 

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसद्बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उहाँले बताउनुभयो । “पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको छु” उहाँले भन्नुभयो।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनुभयो । 

कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताउनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ५३ बजे