मन्थली विमानस्थलमा पानी पस्यो

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु

मुग्लिन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

इच्छाकानमा गाउँपालिका-२ रमाइलो डाँडास्थित भित्री सडक खण्डमा इच्छाकामना गाउँपालिका-२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  शुक्रवार दुर्घटना हुँदा घटनास्थलमै मोटरसाइकलमा सवार तीन जनाको  मृत्यु भएको हो ।   

मृत्यु हुनेमा चितवनको  इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र  इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । 

मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरूको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले  बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : १८ बजे