काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

धनुषा । नेपाली काँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । 

दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उहाँ  निर्वाचित हुनुभएको हो  ।

शुक्रवार राति आएको मत परिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित हुनुभएको छ । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रवार मतदान भएको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : २६ बजे