‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कोभिडको खोपमा सबैको पहुँच र अधिकार रहेको संयुक्त राष्ट्रसंघको भनाई

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो ।

सो परिषदमा आयोजित अर्काे एक अन्तरक्रिया कार्यक्रममा कोभिडका विरुद्धमा हाल उपलब्ध रही आएको यो खोप विश्वका सबै देशमा उत्तिकै रुपमा पहुँचयोग्य र उपलब्ध हुनुपर्नेमा जोड दिइएको हो ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदका प्रमुख माइकल ब्याकलेटले भन्नुभयो– यो खोप सबै नागरिकले प्राप्त गर्न पाउने अधिकारबाट कोही पनि बञ्चित हुनुहुदैन । सबै नागरिकलाई कोभिडको खोप उत्तिकै उपलब्ध हुनुपर्ने आवश्यकता छ ।  

कोभिडको नियन्त्रण र व्यवस्थापनमा विश्वका सरकारहरुका प्रयासका बारेमा पनि सो बैठकमा छलफल भएको थियो । विश्वका सरकारहरुले यसका लागि संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेको बताइएको थियो ।हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाउनु जरुरी रहेको पनि सो बैठकमा बताइएको थियो ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको संक्रणमा आफ्ना तर्फबाट सेवा पु¥याएको सो अवसरमा बताइएको थियो । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत सो बैठकले विश्वका देशहरुलाई आग्रह गरेको थियो । 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : २९ बजे