निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूसँग छलफल थालेको छ । 

वैशाख ३० गतेका लागि  तय भएको निर्वाचनका सन्दर्भमा आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बोलाएको हो ।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्य प्रगति जानकारी गराउने छ भने राय–सुझाव लिने छ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३४ बजे