मनसुन क्रमशः क्षीण हुँदै

राष्ट्रियसभामा अब खिमलाल भट्टराई  एमालेको नेता, प्रमुख सचेतकमा देवेन्द्र दाहाल 

काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन हुनुभएको छ । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गर्नुभएको हो ।  

त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त हुनुभएको छ ।  । यसअघि भट्टराई प्रमुख सचेतक हुनुहुन्थ्यो ।  दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा हुनुभएकाले भट्टराईलाई बनाइएको हो ।

राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई हुनुभएको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई एमालेको पोलिटव्यूरो सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ३३ बजे