मनसुन क्रमशः क्षीण हुँदै

एक्लै चुनाव लड्दा हारियो, गठबन्धन रहिरहे अर्को सरकार पनि आफ्नै बन्न सक्छ : देउवा 

एमालेसँग एक्लै चुनाव लड्न सकिँदैन 

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटै निर्वचाचनमा सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्।

आज वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले  सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । उनले गठबन्धनमा रहेका दलहरूलाई नचिड्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

गठबन्धनकै कारण  आफू प्रधानमन्त्री बनेको भन्दै देउवाले एक्लै चुनाव लड्न सकिने अवस्था नरहेको बताए । 

‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ। सबैको सहयोगमा अगाडि जानुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई थाहा छ, एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियो ?  हामी हारेका थियौँ । धेरै ठाउँ हारिएको थियो। मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ।’ 

प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि बताए।  देउवाले  विसं २०७४ को चुनावमा सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको  बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : १४ बजे