सङ्खुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिकास्थित रामदेवी भन्ने ठाउँमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो । 

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको स्थानीयबासीहरुले बताएका छन् । बसमा कति जना थिए अहिलेसम्म खुलिसकेको छैन ।  घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : ४५ बजे