एमसीसी विराेधी स्ट्याटस मेटाउनू, विरुद्धमा त बोल्दै नबाेल्नु, गल्ती स्वीकार्नु : माधव नेपाल

काठमाडौं । नेकपा एसका  अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे पार्टी निर्णय विपरीत‘ ‘स्ट्याटस’ लेख्नेहरूले गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । बुधवार सुरु भएको  तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले नेपालले अमेरिकी सहायता सम्झौता एमसीसीविरुद्ध नबोल्न र सामाजिक सञ्जाल मार्फत कुनै पनि गतिविधि वा स्टाटस लेखेको भए मेटाउनू नेता कार्यकर्तालाई कडा निर्देशन दिए ।  

कतिपय कमरेडहरूको स्टाटसहरु हेर्ने हो भने अत्यन्तै आपत्तिजनक स्टाटसहरु लेख्ने गर्नुभएको छ। म यहाँबाट भन्न चाहन्छु, यस्ता स्टाटसहरु जसले लेख्नुभएको छ, गल्ती स्वीकार गर्नुस्। दोहोर्‍याउने काम नगर्नुस्। एमसीसी पास गरेर आफुहरुको सत्ता जोगिएको माधवले बताए । कांग्रेस र नेकपा (एमाले) मिलेर जस्ताको हाम्रो १४ सांसद र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउथे त्यसैले एमसीसी पासगरियाे माधवले बताए  ।

उनले  पार्टीको बहुमतको निर्णय मान्न जोकोही  बाध्य हुनुपर्ने बताए। बैठकमा घनीभूत छलफल गर्ने तर बहुमत भएन भने र अल्पमतमै रहने स्थिति बन्यो भने बहुमतको निर्णय मान्नु पर्छ ।
नेपालले नेपालको सन्धि ऐन, नेपालको कानुनी प्रावधान, एमसीसीको सहमति सबै कुरालाई ध्यान राखेर एमसीसीलाई अनुमोदन गरेको बताए।
गत फागुन १५ गते नेकपा माओवादी केन्द्र र समाजवादी समेतको समर्थनमा संसदबाट एमसीसी पास भइसकेको छ। त्यसअघि यी दुई पार्टी कडा विरोधमा उभिएर कार्यकर्ता पनि सडकमा उतारेका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ४७ बजे