मनसुन क्रमशः क्षीण हुँदै

गठबन्धनबारे काग्रेंसको प्रतिकृया : जे गर्दा धेरै सिट जितिन्छ त्यही गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा ‘जे गर्दा धेरै सिट जितिन्छ’त्यही गर्ने बताएको छ। 

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले काग्ेंसले अहिले नै गठबन्धनका बारेमा कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले जे गरेर पार्टीले धेरै भन्दा धेरै स्थानमा जित हात पार्न सक्छ त्यही गर्ने बताउनुभयो । गठबन्धनका बारेमा  अरु  थप टिप्पणी कसैलाई  नर्गन उहाँले आग्रह गर्नुभयो । 

‘गठबन्धनका विषयमा बोलिरहन आवश्यक छैन।  जे गर्दा धेरै भन्दा धेरै सिट जितिन्छ त्यही गर्ने हो,’ उहाँकाे भनाइ  थियाे । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०१ बजे