मनसुन क्रमशः क्षीण हुँदै

माओवादी केन्द्रबाट निर्वाचित एक्लो मेयर एमालेमा प्रवेश गर्दै

विराटनगर – मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने हुनुभएको छ ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया बुधबार एमाले प्रवेश गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै आएर उहाँसहितका जनप्रतिनिधिलाई एमालेमा स्वागत गर्दै हुनुहुन्छ ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिनुभएको थियो । माओवादी केन्द्रका बैठक छल्दै आएका उहाँलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उहाँले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिनुभएको थियो।

स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उहाँले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो ।

बगडिया माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : १४ बजे