माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले गरे पार्टी त्यागको घोषणा

​​​​​​​महोत्तरी । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा  गर्नुभएको छ ।

एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुङ्गाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुङ्गानासहितले अन्ततः पार्टी नै परित्याग गर्नुभएको हो । 

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र  वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छोड्नुभएको छ  ।

एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : ५७ बजे