दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

उदाङ्गियो मेलम्ची हस्पिटल,रातारात हस्पिटलबाट बन्यो पोलिक्लिनिक 

मेलम्ची । मेलम्चीमा सञ्चालन हुँदै आइरहेको मेलम्ची हस्पिटलले आफ्नो गल्ती ढाकछोप गर्न नयाँ नयाँ प्रपञ्च सुरु गरेको छ । 

चक्रपथ डटकममा निरन्तर अस्पतालका विषयमा समाचार आएसँगै अस्पतालले आफ्ना गल्ती ढाकछोप गर्न अनेक हर्कत गर्न थालेको हो । 

चक्रपथ डटकममा अस्पताल बिना कानुनी प्रक्रिया सञ्चालन भइरहेको समाचार प्रकाशन भएसँगै मेलम्ची हस्पिटलले हतार हतार अस्पतालको नाउँ नै फेरेर ‘विनायक पोलिकिल्नक’ बनाएको हो । 

आमसर्वसाधरणलाई देखाउन अस्पतालले नाम परिवर्तन गरेर  बोर्ड परिवर्तन गरे पनि भित्रभित्र भने पुरानै नाउँमा कारोबार गर्दै आइरहेको छ ।  

बाहिर पोलिक्लिनकको बोर्ड झुन्डाए पनि भित्र मेलम्ची हस्पिटलकै नाउँमा नाउँमा विल काट्ने गरेको पाइएको छ । 
चक्रपथ डटकमले नगरपालिकाको मिलोमत्तोमा अस्पताल गैर कानुनी ढङ्गबाट सञ्चालन गरेको समाचार प्रकाशन भएसँगै रातारात बोर्ड परिवर्तन गरी पोलिक्लिन बनाएको थियो ।  

नगरपालिकाको  स्वास्थ्य निर्देशिकामा अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधार नपुगेको र त्यही कारण लामो समयदेखि अस्पताल दर्तासमेत नभएको समाचार चक्रपथमा डटकममा प्रकाशन भएको थियो । 
यस अघि मेलम्ची अस्पतालले आम सर्वसाधारणसँग अनावश्यक आतङ्क सृजना गरी रकम उठाइरहेको र अस्पतालमा गरेका चेकजाँच रिर्पोटहरु अन्य अस्पतालमा फरक–फरक आउने गरेको समाचार तथ्य सहित प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशन गरेसँगै हस्पिटलले रातारात रेडियोलोजिस्ष्ट हटाएर आफू चोखिने प्रयास गरेको थियो ।  

लगत्तै चक्रपथ डटकमको हस्पिटल नगरपालिकामा दर्ता नभएको र कर समेत नतिरी अवैधरुपमा सञ्चालन भइरहेको अर्को सनसनी पूर्ण  समाचार प्रकाशन गरेको थियो । 

अवैध हस्पिटल बन्द हुने डरले रातारात हस्पिटलको नाम नै परिवर्तन गरी सञ्चालन गरे विल भने मेलम्ची हस्पिटलकै नाउँमा काट्छन् एक सेवाग्राहीले गुनासो गरे ।  

अवैध कमाऊ धन्दामा नगरपालिकाको समेत मिलोमत्तो भएको हुनसक्ने उनले बताए उनले अख्तियारमा समेत उजुरी पर्न लागेको सूचना पाएसँगै रातारात हस्पिटलको बोर्ड परिवर्तन गर्ने काम गरिएको हुनसक्ने बताए । 

 ‘अवैध हस्पिटल सञ्चालन हुनुमा  नगरपालिकाकै आशीर्वाद छ, नाम परिर्वन गरेर अझै जनतालाई उल्लु बनाए’ उनले भने । यस विषयमा हामीले हस्पिटलका सञ्चालक विष्णु खकुरेलसँग कुरा गर्दा ‘आफुले जे गरे पनि तपाइलाई के मतलब’ भनेर पन्छिन खोजे । यो सार्वजनिक चासोको विषय भएको भन्ने चक्रपथको जवाफमा उनले ‘तपाइलाई मैले चिनेको छु, मेरो धेरै पछि नलाग्नुहोस् भन्दै धम्कीपूर्ण शैलीमा जवाफ फर्काए ।  

रातारात हस्पिटलबाट नाम परिवर्तन गरेर पोलिक्लिनक बन्न पुगेको मेलम्ची हस्पिटल कुन दिन औषधी पसलको नाउँमा कारोबार गरेको देख्न पाइने हो ठेगान नभएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : ४० बजे