मनसुन क्रमशः क्षीण हुँदै

आगामी चुनावमा सिन्धुपाल्चोकका ११ वटा स्थानीय तह एमालेले एक्लै जित्छ अध्यक्ष : नेपाल

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले आगामी स्थानीय चुनावमा सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा नेकपा एमाले एक्लैले जित्ने उद्घोष गर्नुभएको छ । 

जिल्ला सदरमुकाम चौतारामा आयोजित नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा एमालेले सिन्धुपाल्चोकमा ११ वटा स्थानीय तहमा एमालेले विजय हासिल गर्ने दाबी गर्नुभएको हो । 

एमालेले आफ्नो सङ्गठनात्मक गतिविधिलाई तीव्र गतिमा अघि बढाई रहेको र पाँच दल एकसाथ आउँदा पनि एमालेलाई हराउन नसक्ने उहाँले बताउनुभयो । एमालेको जनाधार अरू पार्टीको तुलनामा धेरै राम्रो रहेको बताउँदै उहाँले एमालेले सिन्धुपाल्चोकमा राम्रो नतिजा ल्याउने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी जिल्ला सङ्गठनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिलाई दिशा निर्देश गर्दै अध्यक्ष नेपालले एमाले माथि भएको चौतर्फी दबाब माथि पार्टी पत्तिंलाई डटेर लाग्न आग्रह गर्नुभएको छ ।   

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : २९ बजे