मनसुन क्रमशः क्षीण हुँदै

अबको लडाइँ सत्य र असत्यबीच हुन्छ : केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताउनु भएको छ ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको लडाइँ सत्य र असत्यबीच हुने बताउनु भएको हो । उहाँले सत्य र असत्यको लडाइँ बेला–बेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी सरकार र जनादेशी सरकारबीचको लडाइँ भएको बताउनुभयो । 

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो ।   

कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता सहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । 

 जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपाली लगायतका नेताहरु  एमालेमा  पंवेश गर्नुभएको हो  । 
 
उहाँहरुलाई एमाले अध्यक्ष  ओली एमालेमा स्वागत गर्नुभएको हो  । अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षलाई एमालेमा  स्वागत गर्नुभएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ३७ बजे